२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशको विजयी सुरुवात


बिर्तामोड, चैत १० । कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि ६६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा अफ्सरी बेगम ३२ बलमा ४ चौकासहित २९ रनमा अविजित रहिन् । लखिता राजवंशी १ रनमा अविजित रहिन् ।

इनिङको पहिलो बलमै कप्तान अश्मिना कर्माचार्यले ओपनर काजल श्रेष्ठलाई शून्यमा एलबिडब्ल्यु आउट गरेकी थिइन् । अश्मिनाले नै कप्तान रुविना क्षेत्री बेलबासेलाई १३ रनमा बोल्ड गरिन् ।

रुविनाले १८ बलमा २ चौका प्रहार गरिन् । स्मृति कटवाल ९ रनमा कृतिका मरासिनीको बलमा कट एन्ड बोल्ड भइन् । उनले १४ बलमा २ चौका प्रहार गरिन् । अश्मिना कर्माचार्यले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । कृतिका मरासिनीले २ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुर १६.५ ओभरमा ६५ रनमा अल आउट भएको थियो । ओपनर लक्ष्मी चौधरीले ३२ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाइन् । ११ औँ नम्बरकी ब्याटर मनिषा उपाध्यय ८ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् ।

ललितपुरका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर कञ्चन श्रेष्ठ १, सोनी पाख्रिन ६, हेलिसा गुरुङ ७, सृष्टि पौडेल १, अश्मिना कर्माचार्य र खुसी डंगोलले खाता खोल्न सकेनन् । त्यस्तै, रञ्जु श्रेष्ठ १, सुजिता थापा ४ र कृतिका मरासिनी ३ रनमा आउट भइन् ।

कोशीको लागि निशा शाहले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । अफ्सरी बेगमले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । सबनम राई र एलिसा खडियाले एक एक विकेट लिइन् ।

कोशीले नेपाल एपिएफ क्लबसँग दोस्रो खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer