२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा अन्तर वडास्तरीय फुटसल हुने


बिर्तामोड, चैत १३ । बिर्तामोड नगर खेलकुद विकास समितिले अन्तर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरेर समितिले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

समितिका अध्यक्ष विकास गिरीका अनुसार प्रतियोगिता यही चैत १७ र १८ गते हुनेछ । प्रतियोगिता बिर्तामोड १ मा रहेको एब्सुलेट फुटसलमा हुनेछ ।

फुटसलको प्रबद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद २५ हजार मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने समिति सदस्य विशाल अग्रवालले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद दुई हजार १०० पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने समिति उपाध्यक्ष सन्तोष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer