२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत


बिर्तामोड, चैत १५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत छ ।

नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा कायमै रहेको छ । गत साता भएको वरीयतामा ओमानलाई पछि पार्दै नेपाल १५ औँ स्थानमा उक्लिएको थियो ।

नेपालले एक हजार २३८ अंक तथा ३१ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।

नेपालभन्दा पछाडि ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् ।

एसोसियट राष्ट्रतर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ । स्कटल्यान्ड १२ औँ स्थानमा कायमै रहेको छ ।

एसोसियट राष्ट्रमा नेपालभन्दा अगाडि नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन् ।

अस्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer