२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गणेशमान सिंह राष्ट्रिय बक्सिङ : झापाबाट छानिए सात खेलाडी


बिर्तामोड, चैत १६ । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि झापाबाट मात्रै सातजना खेलाडी छनोट भएका छन् ।

यही चैत २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको वसन्तपुरमा आयोजना हुने राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागिताका लागि कोसी प्रदेशको छनोटबाट झापाका सात खेलाडी छानिएको प्रशिक्षक डम्बर लिम्बूले बताए ।

प्रतियोगितामा सातवटा प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । कोसी प्रदेशबाट १२ जना मुक्केबाजहरु छनोट भएको नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिए ।

आयोजकले कोसी प्रदेशबाट छजना महिला र छजना पुरुष खेलाडी छनोट गरी पठाउन भनेअनुसार विराटनगरमा छनोट प्रतियोगिता भएको थियो ।

कोसीको प्रतिनिधित्व गर्ने छजना महिला मुक्केबाजमध्ये पाँचजना झापाका छन् । झापाबाट सुस्मिता श्रेष्ठ (५० केजी), सुस्मिता राई (५४ केजी), नरिका राई (५७ केजी), सुस्मिता सुब्बा (६० केजी), त्रिसा जवेगू (७५ केजी) छनोट भएका छन् ।

एकजना धनकुटाकी छन् । धनकुटाकी शर्मिला आले मगर (६६ केजी) राष्ट्रिय प्रतियोगिताका लागि कोसी प्रदेशबाट छनोट भइन् ।

त्यस्तै, पुरुषतर्फ झापाबाट दुईजना सुरेन्द्र राई (५७ केजी) र इसकजनक शाही (९२ केजी) छनोट भएका छन् ।

पाँचथरबाट फुङलाङ काम्बाङ (५१ केजी), उदयपुरबाट बलबहादुर पुन मगर (६३.५ केजी), भोजपुरबाट प्रशान्त दाहाल (७१ केजी) र सुनसरीबाट सनम गुरुङ (८० केजी) छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer