२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पुजनले थ्रि नेसन्स कपको फाइनल खेल गुमाउने


बिर्तामोड, चैत १६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पुजन उपरकोटीले प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनल खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार उपाधिका लागि लाओसको सामना गर्दैछ ।

नेपालका लागि प्रतियोगिताको सुरुवाती दुवै खेलमा पुजनले सुरुवाती रोजाइमा खेलेका थिए । नेपालको रक्षात्मक मिडफिल्डको जिम्मेवारी सम्हालेका उनी फाइनलमा भने उपस्थित नहुने भएका छन् ।

लाओस र भुटान दुवै टोलीविरुद्ध पहेँलो कार्ड खाएका उनले फाइनल गुमाउने भएका हुन् । प्रतियोगिताको नियमअनुसार दुई पहेँलो कार्ड खाएपछि अर्को खेल गुमाउने नियम रहेको छ ।

पुजनले लाओसविरुद्ध ७२ औँ मिनेट र भुटानविरुद्ध ८० औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए । पुजनको अनुपस्थितिसँगै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले टोलीमा परिवर्तन गर्नुपर्ने भएको छ ।

फरवार्ड अन्जन विष्ट पनि भुटानविरुद्ध खेलमा चोट बोकेपछि नखेल्ने सम्भावना छ । उनको ढाडमा चोट लागेपछि डाक्टरले उनलाई विश्राम लिन सुझाव दिएका छन् ।

दशरथ रंगशालामा शुक्रबार साँझ ०५ः३० बजे नेपाल र लाओसबीच हुने फाइनल खेल फिफा मान्यता प्राप्त खेल भने होइन । प्रतियोगिताको फाइनल भए पनि फिफा मितिमा एक टोलीले अधिकतम दुई अन्तर्राष्ट्रिय खेल मात्र खेल्न पाउँछ ।

सोहीअनुसार प्रतियोगिताको समूह चरणको सबै खेल फिफा मान्यता प्राप्त थिए । फाइनल खेलको तथ्यांक खेलाडी र टोलीको आधिकारिक राष्ट्रिय टोली तथ्यांकमा जोडिँदैन । यसले फिफा वरीयतामा पनि असर गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer