२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड अन्तरवडा फुटसलः क्वार्टर फाइनल समीकरण पूरा


बिर्तामोड, चैत १७ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।

आज बिर्तामोड १ मा रहेको एब्सुलेट फुटसलमा सम्पन्न छवटा खेलबाट वडा नम्बर ४, ५, ७ र १० सेमिफाइनल प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा वडा नम्बर ७ ले वडा नम्बर ३ लाई ८–५ गोल अन्तरले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच सनम लिम्बू भए ।

त्यस्तै, वडा नम्बर वडा नम्बर २ लाई वडा नम्बर ६ ले ८–७ गोलले हरायो । खेलको प्लेयर अफ द म्याच प्रविन राई भए ।

वडा नम्बर १० ले वडा नम्बर ९ को पोस्टमा ७ गोल हान्यो । वडा नम्बर ९ ले ५ गोल फर्कायो । खेलको प्लेयर अफ द म्याच दुर्लभ तिवारी भए ।

अर्को खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई १५–६ गोलले हराएको छ । खेलको प्लेयर अफ द म्याच नरेन्द्र खत्री भए ।

त्यस्तै, वडा नम्बर १ लाई वडा नम्बर ७ ले ८–७ गोलले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच सन्तोष लिम्बू भए ।

आजको अन्तिम खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ को पोस्ट दुई दर्जन गोल गर्यो । वडा नम्बर ६ ले ४ गोल फर्कायो । खेलको प्लेयर अफ द म्याच समिर गुरुङ भए ।

प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार १०० र मेडल पाए ।

फुटसलको प्रबर्द्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन नगरप्रमुख पवित्रा महताराले गरेकी थिइन् । समिति अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिसन लिम्बूले गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद २५ हजार मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने समिति सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने समिति उपाध्यक्ष सन्तोष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer