२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड अन्तरवडा फुटसलः उपाधि वडा नम्बर ४ लाई


बिर्तामोड, चैत १८ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ ।

आज शनिबार बिर्तामोड १ को एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १० लाई ८–५ गोल अन्तरले हराउँदै वडा नम्बर ४ ले उपाधि चुमेको हो ।

उपाधिसँगै वडा नम्बर ४ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको वडा नम्बर १० ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

वडा नम्बर ४ ले वडा नम्बर ५ लाई वडा नम्बर १० ले वडा नम्बर ७ लाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का मनिल लिम्बू भए । नगद दुई हजार १०० र मेडल पाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का समिर गुरुङ भए । उनले नगद ५ हजार पाए ।

फुटसलको प्रबद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका विजेता तथा उपविजेतालाई बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार वितरण गरेका थिए ।

समिति अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिसन लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer