२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको तक्षशीला र क्याम्ब्रिजबीच अध्यापन सम्झौता


बिर्तामोड, चैत १८ । अत्याधुनिक शिक्षा प्रणालीअन्तर्गत पढाइ भइरहेको झापा बिर्तामोडको तक्षशीला एजुकेसन फाउन्डेसन र क्याम्ब्रिज असेसमेन्ट इन्टरनेसनल एजुकेसनबीच अध्यापन सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच तक्षशीला विद्यालयको प्रांगणमा दुई संस्थाबीच अध्यापन सम्झौता भएको हो ।

सम्झौतासँगै शैक्षिक सत्र २०८० देखि तक्षशीलामा क्याम्ब्रिजको अंग्रेजी कोर्सको पढाइ हुने तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले जानकारी दिए ।

ढुंगेलका अनुसार आउँदो शैक्षिक सत्रदेखि विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइनेछ ।

तक्षशीलाकी कार्यकारी निर्देशक डा.अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि डा. रोशन राठीबीच क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर भएको हो ।

क्याम्ब्रिज अंग्रेजी कोर्स अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त कोर्स हो । विद्यालयको शैक्षिक गुणस्तरमा फड्को मार्दै तक्षशीलाले यो ऐतिहासिक सफलता हात पारेको हो ।

पूर्वी नेपालमा क्याम्ब्रिजको कोर्स अध्यापन गराउने विद्यालयमा तक्षशीला पहिलो भएको विद्यालयका एकाडेमिक डाइरेक्टर इग्नाट्युस भिक्टर जोसेफले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, प्रस्तावित बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेशकुमार शर्मा, क्याम्ब्रिजका प्रतिनिधि डा. राठी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer