२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हाप्किडो संघ झापा अध्यक्षमा फुर्वा


बिर्तामोड, चैत १९ । झापा जिल्ला मार्सल आर्ट हाप्किडो संघको अध्यक्षमा फुर्वा लामा चयन भएका छन् ।

आज झापाको बिर्तामोडस्थित होटल द किंग्सबेरीमा सम्पन्न संघको प्रथम जिल्ला भेलाले करातेका पूर्वखेलाडी लामाको अध्यक्षतामा झापा जिल्ला संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा शौरभ प्रधान, सचिवका तिलक योञ्जन, सहसचिवमा विकास गौतम र कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा दावा शेर्पा, अर्विन पोद्दार, रमेश चौधरी, सुभला तामाङ, मेनुका मगर र विकास केसी चयन भएका छन् ।

नेपाल मार्सल आर्ट हाप्किडो संघ तथा दक्षिण एसियाली संघका अध्यक्ष कालीबहादुर घर्ती मगरको उपस्थितिमा झापा जिल्ला गठनले पूर्णता पाएको हो ।

कार्यक्रममा कोसी प्रदेशसभा सदस्य गोपाल तामाङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

हाप्किडोका प्रमुख प्रमुख प्रशिक्षक प्रविण गुरुङले खेलको प्राविधिक पक्षबारे प्रस्ट पारेको कार्यक्रममा कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेका थिए भने संघका सचिव योञ्जनले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer