२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

आधुनिक साकोसले सदस्यलाई बाँड्यो तरकारीका बीऊ


मेचीनगर, चैत १९ । आधुनिक बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टाले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर सदस्यहरुलाई बीऊ वितरण गरेको छ ।

आज संस्थाले मेचीनगर–२ भृकुटीमा कार्यक्रम गरेर पाँच सयजना सदस्यलाई मौसमअनुसारका तरकारीका बीऊ वितरण गरेको हो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक पारस ओली, भद्रपुर कार्यालय प्रमुख प्रकाश आचार्य, बिर्तामोड कार्यालय प्रमुख माधव भट्टराईलगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सदस्यहरुलाई विगतका वर्षझैँ संस्थाका विविध कारोबारका बारेमा जानकारी गराइएको थियो ।

सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवाअन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कमल थापाले जानकारी दिए ।

संस्थाका शेयर सदस्यको सहभागिता रहेको कार्यक्रममा संस्थाका व्यवस्थापक पारस ओलीले सहजीकरण गरेका थिए ।

उनले आधुनिकको सांगठनिक संरचना, यसका नीति तथा कार्यक्रम, सेवा सुविधा, क्षेत्र आदिबारे जानकारी गराउनुको साथै असल संस्कार र स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षार्थी सदस्यहरुकातर्फबाट धरणीधर पोखरेल, बलराम कार्की र छलबहादुर सारुले कार्यक्रमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer