२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी जेसीज सप्ताहः युवा क्षमता अभिबृद्धि प्रशिक्षण सम्पन्न


मेचीनगर, चैत १९ । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन युवा क्षमता अभिबृद्धि विषयमा प्रशिक्षण सम्पन्न भएको छ ।

आज मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रशिक्षणमा संस्थाका ३० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई नेपाल जेसीजका तालिम प्रशिक्षक रमेश अर्यालले सहजीकरण गरेको धुलाबारी जेसीजका अध्यक्ष योगेश राजवंशीले जानकारी दिए ।

धुलाबारी जेसीजको ४४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा भएको थियो ।

सप्ताहअन्तर्गत पहिलो दिन हिजो शनिबार धुलाबारी माविको सभाहलमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो ।
जेसीज सप्ताहअन्तर्गत भोलि सोमबार रक्तदान कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer