२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नयाँ व्यवस्थापनमा उदाउँदै हिमालयन


वि.सं. २०४९ सालमा साविक धुलाबारीको बजार क्षेत्रमा मात्र सञ्चालित निजी अंग्रेजी माध्यमका विद्यालयहरुले धुलाबारीको माथिल्लो क्षेत्र खुट्टीडाँंगी आसपासका नानीहरुलाई समेट्न नसकेको तथ्यलाई दृष्टिगत गरी खुट्टीडाँगीमा हिमालयनले छोटो समयमा आफ्नो स्थापनाको औचित्य पुष्टि गर्दै निरन्तर शिक्षा क्षेत्रमा योगदान गर्न सफल भयो ।

केही वर्षपश्चात भाडामा रहेको जग्गा तथा घर छाडेर धुलाबारी र खुट्टीडाँगीको बीच झोडा बस्तीनजिकै आफ्नै जग्गा तथा भवनमा स्थानान्तरण भई हालसम्म सोही स्थानमा सञ्चालित हिमालयन अंग्रेजी माध्यमिक विद्यालय २०७७ बैशाखदेखि नयाँ व्यवस्थापन र सञ्चालकहरुद्वारा नयाँ प्रविधिसहित सुरु भएको छ ।

नयाँ सञ्चालकहरु धनराज थापा तथा यसै क्षेत्रमा लामो समयदेखि आबद्घ कमल नेपालको सबल नेतृत्वमा विद्यालयले दिन प्रतिदिन नयाँ उचाइ थप्दै गएको छ । हाल प्ले ग्रुपदेखि कक्षा १० सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अनुभवी तथा दक्ष शिक्षकहरुको राम्रो टिम रहेको छ ।

बालमैत्री सिकाइ वातावरण, आधुनिक विज्ञान प्रयोगशाला, अत्याधुनिक कम्प्युटर ल्याब साथै शान्त तथा प्रविधिमैत्री पुस्तकालयको व्यवस्था गरिएको छ ।

बालबालिकाको चौतर्फी विकासका लागि नृत्य, गायन, संगीत, खेलकुदका साथै उद्घोषण कलाका अतिरिक्त कक्षाहरुका कारण वर्षैपिच्छे विद्यार्थीको चाप बढ्दै गइरहेको छ ।

अनुशासान, प्रेम र विश्वास भन्ने नारासहित बालबालिकामा सीप र संस्कारको विकास विद्यालय तहमा नै सुरु गर्नुपर्ने मान्यतामा विश्वास गर्ने व्यवस्थापन टिम दिनरात बालबालिकाको शैक्षिक उन्नतिमा अहोरात्र खटिएको छ ।
-सशुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer