२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

फुटबलर पुजनसहित प्रतिभालाई धुलाबारी जेसीजको सम्मान


मेचीनगर, चैत २२ । धुलाबारी जेसीजले आफ्नो ४४ औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गरेको छ ।

आज पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भएको जेसीज सप्ताहको समापन कार्यक्रममा जेसीजले उनीहरुलाई नगदसहित सम्मान गरेको हो ।

जेसीजले बिर्तामोडका शिक्षासेवी लेखनाथ भट्टराईलाई शिक्षासेवीका रुपमा मुरारी स्मृति अक्षयकोषबाट सम्मान गर्यो । लोकनाथ भण्डारी स्मृति अक्षयकोषबाट उत्कृष्ट युवाको रुपमा मेचीनगर-२ का सचिन निरौलालाई सम्मान गर्यो ।

त्यस्तै, उत्कृष्ट खेलाडीका रुपमा धुलाबारीका पुजन उपरकोटीलाई सम्मान गरिएको थियो । मिडफिल्डर पुजन नेपाली राष्ट्रिय फुटबल टिममा नियमित सदस्य हुन् ।

उत्कृष्ट कृषि व्यवसायीका रुपमा मेचीनगर-११ धाइजनको ऋतिका डेरी उद्योगका सञ्चालक राजन चिमरियालाई सम्मानित गरिएको थियो ।

जेसीजले विभिन्न कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गर्यो । धुलाबारी माविकी शितल आचार्य, आदर्श मावि इँटाभट्टाकी दीक्षा पौडेल, कविशिरोमणी मावि धुलाबारीका महिन राजवंशी, देवी मावि बिर्तामोडकी इच्छा धमला र काँकरभिट्टा माविका समिर फुयललाई सम्मान गरिएको थियो ।

सम्मानितहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नेपाल जेसीजकी कार्यकारीणी उपाध्यक्ष रश्मि बस्नेत, विशेष अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार विक लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशेष अतिथि विक, पूर्वअध्यक्ष तेजप्रसाद चौलागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

धुलाबारी जेसीजका अध्यक्ष योगेश राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यकारिणी उपाध्यक्ष मञ्जिल रसाइली, जेसीज आस्था वाचन उपाध्यक्ष शुलभ भण्डारीले गरेका थिए भने महासचिव मनोज ढकालको सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer