२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

वर्गीकरण सकिएसँगै बिर्तामोडमा जग्गाको कित्ताकाट र बिक्री सुरु


बिर्तामोड, चैत २३ । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण सकेसँगै जग्गाको कित्ताकाट र किनबेच सुरु भएको छ ।

बिर्तामोड नगरपालिका जग्गा वर्गीकरणको प्रक्रिया सम्पन्न गर्ने जिल्लाकै पहिलो पालिका हो ।

बिर्तामोडको वडा नम्बर १ देखि ५ सम्मको जग्गामा भने यसअघि नै कित्ताकाट तथा किनबेच सुरु भइसकेको छ ।

नगर प्रमुख एवम् स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गीकरण कार्य सम्पन्न गरेको हो ।

बैठकले वडा नम्बर ६ मा रहेको गिरीबन्धु टि–स्टेटको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा सट्टापट्टाका विषयमा सरकारको निर्णयका विरुद्व सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले हाललाई उक्त जग्गा वर्गीकरणमा समावेश नगर्ने निर्णय गरेको छ ।

वडा नम्बर ६ साविक अनारमनी गाविस वडा नम्बर १ को बाँकी रहेका जग्गाको भने वर्गीकरण सम्पन्न भएको छ ।

त्यस्तै, यसअघि सम्पन्न भएको वडा नम्बर ७, ८, ९ र १० क्षेत्रमा पर्ने जग्गाहरुलाई भू–उपयोग नियमावली २०७९ र स्थानीय भू–उपयोग परिषद्ले तोकेको मापदण्डको आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गरी अनुमोदनसमेत गरिसकेकोले नियामानुसार कित्ताकाट गर्ने, उपभोग गर्ने तथा बिक्री गर्न भूमि सुधार तथा मालपोत कार्यालयलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।

वर्गीकरण अनुसार आवासीय क्षेत्रका जग्गामा सम्पत्ति कर र कृषि क्षेत्रको जग्गामा मालपोत भूमिकर लागु हुने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer