२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लास्तरीय बुद्धिचालको उपाधि राजनलाई


मेचीनगर, चैत २४ । झापा जिल्लास्तरीय खुला तथा आमन्त्रित रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीले जितेका छन् ।

झापाको काँकरभिट्टामा तीन दिनसम्म भएको प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसँगै उनले नगद २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

मोरङ र सुनसरीका खेलाडीलाई समेत सहभागिता गराइएको प्रतियोगितामा प्रकाशचन्द्र नेपाल दोस्रो भए । विकास मैनाली तेस्रो र रिसोन थापा चौथो भए ।

दोस्रो हुनेलाई १५ हजार, तेस्रोलाई १३ हजार र चौथो हुनेलाई १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा पाँचौँ भएका हिमाल राईलले सात हजार ५००, छैटौँ भएका विश्वविजय घिमिरेले ६ हजार, सातौँ भएका विक्रम राईले ५ हजार, आठौँ भएका राज लिम्बूले ४ हजार र नवौँ र दशौँ भएका बलबहादुर तामाङ र उमेश राईले समान ३ हजार पाए ।

प्रतियोगिताअन्तर्गत अनरेटेड, भेट्रान्स, मेचीनगर, महिला र पुरुष विधामा प्रथम हुनेलाई समान ३ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता निर्देशक भरत गुरुङले जानकारी दिए ।

प्रतियोगिताको आयोजना रोटरी क्लब अफ मेचीनगर, नाइट चेस क्लब र मेची युमा चेस एकाडेमीले गरेका हुन् ।

प्रतियोगितामा झापाका विभिन्न पालिका, मोरङ र सुनसरीबाट १२ वर्षदेखि ७२ वर्षसम्मका ३६ जना खेलाडीले सहभागिता जनाएका थिए ।

विजेतालाई मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल बुद्धिचाल संघ कोशी प्रदेश अध्यक्ष सुरेन्द्र राई, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश वस्ती, निवर्तमान अध्यक्ष किशोर (कपिल) क्षेत्री, नाइट चेस क्लब मेचीनगरका अध्यक्ष राजु कार्कीलगायतले पुरस्कार वितरण गरे ।

Adv footer