२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इ. वीरेन्द्र र गायिका आचार्यको ‘उडीउडी आ सुवा’ रिलिज


बिर्तामोड, चैत २४ । गायिका भावना आचार्य र गायक तथा वरिष्ठ इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘उडीउडी आ सुवा झल्को मेटी जा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘बग्ने खोला बगी गो’ जस्ता थुप्रै लोकप्रिय गीतमा स्वर भरेकी आचार्य र पूर्वका लोकप्रिय गायक श्रेष्ठको सो गीत इनाक्सी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

विकल तिरुवाको शब्द, ध्रुव बिस्कोको संगीत, नरेन्द्र वियोगीको एरेन्ज, किशोर थापाको मिक्स÷मास्टरमा बनेको अडियोलाई चर्चित नायिका शिल्पा पोखरेल र चर्चित मोडल चक्र बमको अभिनय र नृत्यले म्युजिक भिडियोलाई जीवन्त बनाएको छ ।

भिडयोको निर्देशन विक्रम चौहानले गरेका हुन् । म्युजिक भिडियोमा प्रकाश खड्काको क्यामेरा, कविन खड्काको मेकअप छ भने बिक्रम चौहानले कोरियोग्राफी गरेका छन् ।

पूर्वेली गायक इन्जिनियर श्रेष्ठले सुदूरपश्चिमको लवजमा बनेको ‘उडिउडी आ सुवा’ गीतमा कुशलतापूर्वक स्वर भरेका छन् । गायिका आचार्य भने दैलेखमा जन्मिएकी हुन् ।

पूर्वेलीले पश्चिमको गीत र पश्चिमेलीले पूर्वेली भाकाको गीत गाउँदा सामाजिक अखण्डता अझ प्रगाढ बन्ने विश्वास लिइएको छ ।

दोहोरी गायनमा अब्बल गायिका आचार्य इन्द्रेणी कार्यक्रममा गायकगायिकाहरुसँग प्रस्तुति दिइरहेकी हुन्छिन् । शब्द संयोजनमा रुचि राख्ने उनका आउँदा प्रोजेक्टहरु आफ्नै शब्द रचनामा समेत हुनेछन् ।

जलविद्युतको विकासले मुलुकको सर्वाङ्गीण विकास गर्न सकिन्छ भन्ने भावनाका साथ २६ वर्षअघि इन्जिनियरिङमा ग्राजुएट वीरेन्द्रले ‘जाले रुमाल’, ‘पिरिमको बाढी’, ‘आउन माया, घर तिम्रो कता पर्यो’, ‘आँखा लाउँछन्’ जस्ता दर्जनौँ गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका छन् ।

केही दिनमै बहुप्रतीक्षित ‘कुखुरी काँ’ बोलको गीत इनाक्सी युट्युब च्यानलबाटै रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer