२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

छब्बिसेमा ग्रामीण पर्यटनको प्रबर्द्धन र सामुदायिक होमस्टेबारे छलफल


बिर्तामोड, चैत २५ । भारतीय पर्यटकहरुका लागि आकर्षणको रुपमा रहेको सीमावर्ती पहाडी गाउँ छब्बिसेमा ग्रामीण पर्यटनको प्रबर्द्धन र सामुदायिक होमस्टेका लागि पूर्वतयारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा रहेको छब्बिसेमा नेपाली पर्यटकका लागि गन्तव्य बनाउने उद्देश्यले दुई दिने शिक्षा कार्यक्रम राखिएको हो ।

कार्यक्रममा समुदाय र विकासको अवधारणा, पर्यापर्यटनको विषयमा लेक्चरर सागर शिवाकोटीले सहजीकरण गरेका थिए ।
त्यस्तै, नेपालमा पर्यटनको विकास र ग्रामीण पर्यटनका विषयमा नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्सका कोसी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।

समुदायमा होमस्टे एक अनुभव विषयमा अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले सहजीकरण गरेका थिए ।

महिला उद्यमशीलता र पर्यटन विषयमा गुफापाताल पर्यटन विकास समितिका अध्यक्ष प्रमिला राईले सहजीकरण गरेकी थिइन् ।

होमस्टे कार्यविधि २०७७ ले निर्धारण गरेका विषयमा पर्यटन कार्यालयका सूचना अधिकारी निरोज कट्टेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले विविध विषयहरुमा जिज्ञाशा राखेका थिए ।

प्रर्यटन कार्यालयका प्रमुख प्रभात भट्टराईको अध्यक्षतामा एवम सूर्योदय ४ का वडा अध्यक्ष शरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी रविन प्रधान, इन्दिरा थापाले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय गुफापाताल सामुदायिक होमस्टे प्रारम्भिक समितिको सहकार्य तथा पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा भएको कार्यक्रममा सूर्योदय नगरपालिका वडा नम्बर ४ का ६० जनाभन्दा बढी व्यवसायी सहभागी रहेका थिए ।

दार्जिलिङ, मिरिक घुम्न आउने पर्यटकहरु एक दिनका लागि भए पनि छब्बिसे पुग्ने गरेका छन् । त्यहाँबाट कञ्चनजंघा हिमाल, विभिन्न जीवजन्तु, वनस्पति र पहाडी सुन्दरताको दृश्यावलोकन गर्न सकिने भएकै कारण भारतीय पर्यटकहरुको लागि आकर्षक हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer