२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीमा हुने द एज ब्यान्डको कन्सर्टको तयारी पूरा


बिर्तामोड, बैशाख २ । नयाँ वर्षको अवसरमा धुलाबारीमा आयोजना गरिएको द एज ब्यान्ड आउने कार्यक्रमको तयारी पूरा भएको छ ।

नेपालको चर्चित ब्यान्ड द एज ब्यान्डले आज धुलाबारीस्थित मेनरोड कोलोनीमा लाइभ प्रस्तुति दिँदैछ । व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक रोलिङ क्लबका अध्यक्ष नोभेम्बर नेम्वाङले जानकारी दिए ।

लाइभ कन्सर्टका लागि द एज ब्यान्डका सदस्यहरु धुलाबारी आइसकेका छन् । नयाँ वर्षको आगमनसँगै नयाँ वर्षलाई लक्षित गरेर आयोजना गर्न लागिएको कन्सर्टमा एक हजारदेखि पन्ध्र सयसम्म दर्शकलाई सहभागी गराउने योजना रहेको नेम्वाङले बताए ।

धुलाबारी म्युजिक फेस्ट नाम दिइएको कन्सर्टमा झापाका विभिन्न क्षेत्रका दर्शक आउने अनुमान गरिएको छ ।

नेम्वाङका अनुसार कार्यक्रमस्थलको गेट आज दिउँसो ४ बजे खुल्नेछ भने लाइभ प्रस्तुति साँझ ७ बजेबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer