२०८३ बैशाख २७ आइतबार
Jhapa Today
Adv top

आज झापासहित पूर्वमा बादल लाग्ने, हल्का वर्षाको सम्भावना


बिर्तामोड, बैशाख २७ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापामा अहिलो बिहान बादल लागेको छ । हल्का वर्षा भइरहेको छ । आज पूर्वी तराईका थोरै स्थानहरूमा तथा बाँकी क्षेत्रको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसमी प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Adv footer