२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड अध्यक्षमा युवराज


बिर्तामोड, बैशाख ४ । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् ।

नगर कमिटिको आज सोमबार बिर्तामोडस्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् ।

निरौला अघिल्लो कार्यकालमा नगर कमिटिको उपाध्यक्ष रहेका थिए । उनी लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।

त्यस्तै, नगर कमिटिको उपाध्यक्षमाद्वय गोमा भट्टराई र उपेन्द्र बानियाँ, सचिवमा केदार खनाल, सहसचिवद्वय किरण पौडेल र कृष्णप्रसाद अधिकारी, कोषध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् ।

दुई वर्षे कार्यकाल रहने नगर कमिटीको अधिवेशनले कमिटीको सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, सञ्जय शाह, शेखर दाहाल, ईश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला (युवराज), युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, सुष्मा गौतम चयन गरेको छ ।

अन्य नौजना सदस्य कार्यसमितिले मनोनित गर्ने व्यवस्था रहेको बिर्तामोड नगर कमिटी संयोजक नारायण चिमरियाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गरेका थिए ।

नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि साँवा, कोसी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघका झापा अध्यक्ष प्रल्हादमणि ओली, महासंघ कोसी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघको केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer