२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर अन्तरवडा फुटसलको तयारी पूरा


मेचीनगर, बैशाख ५ । नयाँ वर्षको अवसर पारेर मेचीनगरको धुलाबारीमा हुन लागेको मेचीनगरस्तरीय अन्तरवडा फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आज आयोजक धुलाबारी फुटसल एरिनाले पत्रकार सम्मेलन गरेर भोलिबाट सुरु हुने प्रतियोगिताबारे जानकारी दिएको हो ।

आयोजक तथा एरिनाका सञ्चालक विवेक बस्नेतका अनुसार प्रतियोगितामा मेचीनगरका १० वटा वडाको सहभागिता रहनेछ ।

मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडामा भने खेलाडी नभएका कारण फुटसल प्रतियोगितामा सहभागी नहुने आयोजकले जनाएको छ ।

प्रतियोगिता बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटनको दिन चारवटा खेल हुने छन् ।

युवामाझ लोकप्रिय बन्दै गएको फुटसल खेलका खेलाडीहरुलाई हौशला प्रदान गर्न नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिताको सहआयोजक हलेसी मेडिकल हल रहेको छ ।

हलका सञ्चालक सोमनाथ ओझाका अनुसार प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी तथा मेडल र उपविजेताले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउने छन् ।

धुलाबारी फुटसल एरिनाले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थी, संघसंस्था र युवालक्षित विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिता सम्पन्न गर्न दुई लाख २५ हजार रुपैयाँ खर्च अनुमान गरिएको बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer