२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बैशाख १४ देखि दमकमा अन्तरप्रदेश राष्ट्रिय पुरुष भलिबल हुने


बिर्तामोड, बैशाख ६ । झापाको दमकमा अन्तरप्रदेश राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

कोसी प्रदेशअन्तर्गत प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकमा भलिबल प्रतियोगिता हुन लागेको नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।

खड्काका अनुसार यही बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम अन्तरप्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

कोसी प्रदेश भलिबल संघ, झापा जिल्ला खेलकुद विकास समिति, झापा जिल्ला भलिबल संघ र दमक नगर भलिबल विकास समितिको सहकार्यमा हुने प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाका विभिन्न पालिकाका टिमको सहभागिता रहने खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer