२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

अग्रज पत्रकार दाहाललाई ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’


बिर्तामोड, बैशाख ६ । झापाकी अग्रज पत्रकार सावित्रा दाहाललाई नारी सञ्चार गृह झापाले नगदसहित सम्मान गरेको छ ।

आज बिर्तामोडको आदर्श ब्यांक्वेटका आयोजित पद हस्तारन्तरण तथा पुरस्कार वितरण कार्यक्रममा दाहाललाई पुरस्कृत गरिएको हो ।

झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ बाट उनलाई सम्मान गरिएको हो ।

दाहाललाई नगद एक लाख एक हजार १०० सहित सम्मानपत्र प्रदान गरेको थियो । उनी गृहकी संस्थापक अध्यक्ष पनि हुन् ।

त्यस्तै, ‘नारी सञ्चार युवा पत्रकारिता पुरस्कार’ बाट युवा सञ्चारकर्मी सुष्मा राजवंशी पुरस्कृत भइन् । उनलाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

दाहाल र राजवंशीलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका कृषि, उद्योग तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, गृहकी अध्यक्ष भीमा शिवाकोटीलगायतले सम्मान तथन पुरस्कृत गरेका थिए ।

यसैबीच, गृहले कार्यक्रमको अवसर पारेर अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।

गृहले उद्योगी मीनप्रकाश मैनाली, निर्माण व्यवसायी शेरबहादुर थापा, होटल व्यवसायी देवीभक्त श्रेष्ठ, महिला उद्यमी पार्वता खरेल बिमली, पत्रकार राजेन्द्र गौतम लगायतलाई सम्मान गरेको थियो ।

गृहकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रेजिना गौतमले गरेकी थिइन् भने सञ्चालन सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

आजै गृहको पद हस्तान्तरण पनि भएको छ । रेजिना गौतम नेतृत्वले पदभार ग्रहण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer