२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीमा फुटसल सुुरु, वडा ६, ८, ७ र १० विजयी


बिर्तामोड, बैशाख ६ । नयाँ वर्षको अवसर पारेर मेचीनगरमा आजबाट अन्तरवडा फुटबल प्रतियोगिता सुरु भएको छ ।
धुलाबारीको धुलाबारी फुटसल एरिनामा आज चारवटा प्रतिस्पर्धा भए ।

उद्घाटन खेलमा वडा नम्बर ६ ले वडा नम्बर ५ लाई ११–५ गोल अन्तरले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच पर्शु राई भए ।

त्यस्तै, वडा नम्बर ८ ले वडा नम्बर १५ लाई १८–३ गोलले हरायो । खेलको प्लेयर अफ द म्याच सुशील लिम्बू भए ।

त्यस्तै, वडा नम्बर ७ र १४ को खेलमा वडा नम्बर १४ को टिमा नआएपछि वडा नम्बर ७ वार्कओभर पाएर विजयी भयो ।

आजको अन्तिम खेलमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई १३–६ गोलले हरायो । खेलको प्लेयर अफ द म्याच आदित्य ढुंगेल भए ।

आयोजक तथा एरिनाका सञ्चालक विवेक बस्नेतका अनुसार प्रतियोगितामा मेचीनगरका १० वटा वडाको सहभागिता रहेको छ ।

मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडामा भने खेलाडी नभएका कारण फुटसल प्रतियोगितामा सहभागी नहुने आयोजकले जनाएको छ ।

युवामाझ लोकप्रिय बन्दै गएको फुटसल खेलका खेलाडीहरुलाई हौशला प्रदान गर्न नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिताको सहआयोजक हलेसी मेडिकल हल रहेको छ ।

हलका सञ्चालक सोमनाथ ओझाका अनुसार प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी तथा मेडल र उपविजेताले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउने छन् ।

धुलाबारी फुटसल एरिनाले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थी, संघसंस्था र युवालक्षित विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिता सम्पन्न गर्न दुई लाख २५ हजार रुपैयाँ खर्च अनुमान गरिएको बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer