२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका याक्सो


बिर्तामोड, बैशाख ७ । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् ।

क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो । याक्सोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती समेत गठन गरिएको छ ।

संघको उपाध्यक्षमा कृष्णकुमार भट्टराई र घनश्याम भट्टराई, महासचिवमा फिस्टबहादुर लिम्बू, सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा सरोज कालिका चयन भएका छन् ।

त्यस्तै, विपुल याक्सो, श्याम लिम्बू, आशा तामाङ, पञ्चमाया शेर्मा र सोना लिम्बू सदस्य बनेका छन् ।

विदेशी भूमिमा पनि नेपाली कलाकारितालाई संरक्षण गर्दै कलाकारको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले संघ गठन गरिएको अध्यक्ष याक्सोले बताए ।

‘विदेशी भूमिमा रहेका कलाकारलाई सुखदुःखमा साथ दिँदै उनीहरुको कलाकारितालाई अभिबृद्धि गर्न संघले काम गर्नेछ’ याक्सोले भने । उनले क्यानडामा विभिन्न कार्यक्रमहरु आयोजना, संयोजन गर्ने तयारी गरिएको र निकट भविष्यमा चलचित्र समेत निर्माण गर्ने योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer