२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तरवडा फुटसलको उपाधि मेचीनगर ८ लाई


मेचीनगर, बैशाख १० । नयाँ वर्षको अवसर पारेर मेचीनगरमा आयोजित अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि मेचीनगर वडा नम्बर ८ ले जितेको छ ।

धुलाबारीको धुलाबारी फुटसल एरिनामा सम्पन्न फाइनल खेलमा वडा नम्बर ८ ले वडा नम्बर ९ लाई ८–३ गोल अन्तरले हराउँदै फाइनल उपाधि रक्षा गरेको हो ।

आयोजक तथा एरिनाका सञ्चालक विवेक बस्नेतका अनुसार प्रतियोगिताको विजेता वडा नम्बर ८ ले नगद ३० हजार, ट्रफी तथा मेडल प्राप्त गर्यो । त्यस्तै, उपविजेता वडा नम्बर ९ ले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई मेचीनगर उपप्रमुख मीना पोखरेलले पुरस्कार वितरण गरेकी थिइन् ।

युवामाझ लोकप्रिय बन्दै गएको फुटसल खेलका खेलाडीहरुलाई हौशला प्रदान गर्न नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिताको सहआयोजक हलेसी मेडिकल हल रहेको थियो ।

धुलाबारी फुटसल एरिनाले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थी, संघसंस्था र युवालक्षित विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer