२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालीको समस्या बुझ्न अस्ट्रेलियामा ‘अन्तरक्रियामार्फत जोड्दै समुदाय’ कार्यक्रम हुने


बिर्तामोड, बैशाख १३ । नेपालीहरुको संख्या बढ्दै गएपछि अस्ट्रेलियामा अन्तरक्रियामार्फत जोड्दै समुदाय कार्यक्रम हुने भएको छ । कार्यक्रमको नारा परिवर्तनका लागि अन्तरक्रिया राखिएको छ ।

अस्ट्रेलियाका नेपाली समुदायका विद्यामान समस्याहरू, त्यसका कारण र समाधान या न्यूनीकरणका विषयमा छलफल गर्न कार्यक्रम हुन लागेको आयोजक एभरेस्ट टिभीका प्रमुख तीर्थराज खतिवडाले जानकारी दिए ।

यही मे १३ तारिखका दिन न्यु साउथ वेल्स राज्यको ग्रानभिल सहरमा हुने कार्यक्रममा झन्डै १५० जना नेपाली सहभागी हुने अपेक्षा राखिएको छ । कार्यक्रममा सहभागी हुन अप्रिल ३० तारिखभित्र अनिवार्य दर्ता गर्नुपर्ने छ ।

नेपाली समुदायका विद्यार्थी र अस्थायी भिसामा रहेका नेपाली नागरिकहरूको वास्तविक समस्या चिन्ने र बुझ्ने प्रयास गर्ने, समस्याहरू राख्न र समाधानको लागि सुझाव दिने अवसर प्रदान गर्ने अन्तरक्रियाको उद्देश्य रहेको छ ।

त्यस्तै, प्रवासमा रहेका नेपालीहरूबीचमा आपसी सौहाद्रताको विकास गर्न मद्दत गर्ने कार्यक्रमले लक्ष्य राखेको खतिवडाले बताए ।

कार्यक्रममा उपस्थित हुन नसक्ने व्यक्तिले अडियो या भिडियोमार्फत [email protected] मा इमेल पठाएर आफ्नो समस्या राख्न सक्ने आयोजकले जनाएको छ ।

कार्यक्रम सकिएको केही दिनपछि एक सर्वेक्षण पनि गरिनेछ । सर्वेक्षण, प्यानल अन्तरक्रिया कार्यक्रम र स्पिकरको उत्तरलाई डकुमेन्ट गरेर एनालिस्ट प्यानलले एक सिफारिस रिपोर्ट तयार गर्ने खतिवडाले जानकारी दिए ।

सो रिपोर्ट अस्ट्रेलिया सरकार र नेपाल सरकारका सम्बन्धित निकाय, नेपाल शैक्षिक परामर्श संघ (इक्यान), अस्टे«लियन एजुकेसन कन्सल्टेन्ट एसोसिएसन लगायत संघसंस्था, कलेज तथा विश्वविद्यालयमा पठाइनेछ ।

अन्तरक्रिया कार्यक्रममार्फत अस्ट्रेलियामा रहेका नेपाली समुदायको वास्तविक समस्या पहिचानमा मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer