२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

१३ औँ राष्ट्रपति रनिङ शिल्डः झापाबाट २६ खेलाडी छनोटमा


बिर्तामोड, बैशाख १४ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिताका लागि झापाबाट २६ जना खेलाडी छनोट भएका छन् ।

कोसी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट झापाका २६ जना खेलाडी छनोट भएका हुन् । कोसी प्रदेशबाट १११ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिने छन् ।

एक कार्यक्रमका बीच प्रदेश खेलकुद विकास बोर्डले खेलाडीलाई हिजो इटहरीबाट विदाइसमेत गरेको छ । बोर्ड उपाध्यक्ष जिना कार्की, सदस्य सचिव हंशराज वाग्ले, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारी लगायतले खेलाडीको विदाइ गरे ।

१३ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता भोलि बैशाख १५ गतेदेखि हुँदैछ । विद्यालयस्तरको यो एक मात्र राष्ट्रिय प्रतियोगिता हो ।

कोसी प्रदेशस्तरीय छनोट प्रतीयोगितामा झापा १० स्वर्ण, ११ रजत, ११ कास्य पदक सहित झापा दोस्रो भयो । मोरङ १५ स्वर्णसहित ३० पदकका साथ प्रथम भयो ।

झापाबाट एथलेटिक्सका १० जना (५ स्वर्ण, ५रजत), करातेका ५ जना, (३ स्वर्ण र २ रजत), भलिबलका महिलापुरुष २÷२ जना, कबड्डीमा महिला ३ जना र पुरुष २, तेक्वान्दो र उसुका एकएकजना खेलाडी छानिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer