२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय महिला फुटबलः फाइनल प्रवेशका लागि नमोबुद्ध र गाईघाट खेल्दै


बिर्तामोड, बैशाख १४ । झापामा जारी प्रदेशस्तरीय महिला गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेलमा नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ ।

आजको खेलको विजेताले उपाधिका लागि बैशाख १६ गते आयोजक अल इन वान क्लब बिर्तामोडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजकले कम्तिमा १ लाख १ हजार पुरस्कार सुरक्षित गरिसकेको छ ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरिसकेको छ ।

नमोबुद्ध सप्तरीले क्वार्टर फाइनलमा ताप्लेजुङ महिला फुटबाल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

गाईघाट फुटबल क्बल उदयपुरले धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेग गरेका हो ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer