२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली बहिरा क्रिकेट टोलीको काँकरभिट्टामा विदाइ


मेचीनगर, बैशाख १५ । भारतमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली बहिरा क्रिकेट टोलीलाई झापाको काँकरभिट्टामा विदाइ गरिएको छ ।

नेपाली बहिरा क्रिकेट टिमले तीन दिनसम्म काँकरभिट्टामा प्रशिक्षण लिएको थियो । स्थानीय मिदन क्रिकेट क्लबले टिमलाई प्रशिक्षण दिएको प्रशिक्षक वीरु श्रेष्ठले जानकारी दिए ।

भारतीय बहिरा क्रिकेट संघको आयोजनामा हुने बहिराका लागि त्रिदेशीय ओडिआई खेल्न नेपाली टोली कोलकता प्रस्थान गरेको हो ।

प्रतियोगिता २९ अप्रिलदेखि ५ मेसम्म चल्नेछ । प्रतियोगितामा भारत, नेपाल र बंगलादेशको सहभागिता रहनेछ ।
१२ सदस्यीय नेपाली टिमका कप्तान महेन्द्र लिम्बू फुदोङ छन् भने प्रशिक्षक रञ्जन निरौला छन् ।

टोलीलाई झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, कोषाध्यक्ष चोलानाथ दाहाल, झापा सुपर लिगका अध्यक्ष हिमाल विक, युवा व्यवसायी तथा पूर्वक्रिकेटर विधान श्रेष्ठलगायतले विदाइ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer