२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मुख्यमन्त्री कप भलिबलको उपाधि गण्डकीलाई


दमक, बैशाख १६ । कोसी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

आयोजक कोसी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । फाइनलमा गण्डकीले २५–१९, २५–२० र २५–१० ले जितेको थियो ।

कोसी प्रदेश खलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविमा भएको प्रतियोगिताको विजेता गण्डकीले उपाधिसहित ३ लाख र कोसीले २ लाख रुपैयाँ प्राप्त गर्यो ।

व्यक्तिगततर्फ पनि गण्डकीले बढी उपाधि जित्यो । गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी भए । उनी नगद २० हजार पाए ।

त्यस्तै, गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक, हिमाल सोनारी उत्कृष्ट ब्लकर, कुञ्जन शाही उत्कृष्ट लिबेरो, सुमन चोखाल उत्कृष्ट लिफ्टर चुनिए ।

कोसीका समित श्रेष्ठ उत्कृष्ट स्पाइकर र विष्णु बस्नेत उत्कृष्ट सर्भर घोषित भए । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता, उपविजेता टोलीका खेलाडीलाई कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्का, झापा जिल्ला खेलक’द विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा गण्डकी, कोसी, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer