२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तरवडा क्रिकेटको उपाधि भद्रपुर-८ लाई


भद्रपुर, बैशाख १९ । झापाको भद्रपुरमा सम्पन्न अन्तरवडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ ।

भद्रपुर बल ब्लास्टर क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएको फाइनल खेलमा अंकित सुवेदीको उत्कृष्ट प्रदर्शनसँगै वडा नम्बर ५ लाई सहजै हराउँदै वडा नम्बर ८ ले उपाधि हात पारेको हो ।

पहिला ब्याटिङ रोज्दै वडा नम्बर ८ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रनको विशाल योगफल खडा गरेको थियो ।

भद्रपुर–८ का लागि अंकित सुवेदीले १४३ रन र शिबु बुढाथोकीले ३८ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच सुवेदी घोषित भए ।

भद्रपुर–५ ले जितका लागि २०४ रनको लक्ष्य पछ्याए पनि ११ ओभरमा ६० रन जोड्दै अलटाउट भएको थियो ।

जितसँगै वडा नम्बर ८ ले नगद १५ हजार र उपविजेता वडा नम्बर ५ ले १० हजार, ट्रफी र मेडल पाए ।

प्रतियोगिताको म्यान अफ द सिरिज ८ नम्बरका अंकित सुवेदी, बेस्ट ब्याट्सम्यान ८ नम्बरका शिबु बुढाथोकी, बेस्ट बलर ८ नम्बरका सिद्धार्थ कुमाल, बेस्ट फिल्डर ५ नम्बरका भाष्कर शर्मा र बेस्ट विकेट किपर ६ नम्बरका राहुल गुप्ता भए ।

आयोजक भद्रपुर बल ब्लास्टरका अध्यक्ष समिर शेखको अध्यक्षतामा भएको कार्यक्रममा विजेता, उपविजेता एवम् उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य मोहन महर्जन, विशेष अतिथि निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, वडा नम्बर ५ बन्धु कार्की, ८ गौरव सुब्बा, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुली लगायतले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer