२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अर्नभलाई जिताउन बिर्तामोडका युवाको अपिल


बिर्तामोड, बैशाख १९ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमिफाइनल राउन्डमा प्रवेश गरे झापाको बिर्तामोडका अर्नभ बनलाई भोट गर्न बिर्तामोडका युवालले अपिल गरेका छन् ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर उनीहरुलाई अर्नभलाई भोट गरी अघिल्लो चरणमा पुर्याउन सहयोग गर्न झापाबासीसँग अपिल गरेका हुन् ।

हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको लाइभ राउडमा स्वरका धनी अर्नभको प्रस्तुति र प्रशंसकको समर्थनका कारण उनी सेमिफाइनल राउडमा प्रवेश गरेका छन् ।

झापा बिर्तामोडका समाजसेवी आशिष बनका छोरा अर्नभ टप १६ मा पुगेका हुन् । उनी टिम प्रविशामा छन् । कोच प्रविशा पनि झापा बिर्तामोडकै हुन् ।

पत्रकार सम्मेलनमा अर्नभका बुवा आशिषले छोराको संगीतप्रतिको लगावका कारण ऊ अघि बढ्ने बताए । मामा र आमा जिना सापकोटा बनका कारण नै अर्नभ संगीतमा लागेको उनको भनाइ थियो ।

कार्यक्रममा बिर्तामोडका अभियन्ता प्रकाश लिङदेन, आशा गुरुङ, विकास गिरी, विशाल अग्रवाल लगायतले अर्नभलाई भोटका लागि अग्रह गरे ।

१२ वर्षीय अर्नभ बिर्तामोडको ग्रिन फिल्ड वल्र्ड स्कुलमा अध्ययनरत छन् । उनी पश्चिमा संगीत तथा गिटारमा बढी रुचि राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer