२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

युवा तथा खेलकुदमन्त्रीमा मोरङका लिम्बू


मन्त्री लिम्बू (खादा लगाएका)

बिर्तामोड, बैशाख २१ । युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको हो ।

सांसदीय निर्वाचनमा लिम्बू मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न संघीय चुनावपछि पहिलोपटक पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद गठन गरेयता सातपटक पुनर्गठन गरे ।

तर, पनि युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा परेको थिएन । बुधबार आठौँ मन्त्रिपरिषद पुनर्गठनमा देशले खेलकुदमन्त्री पाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपालको संविधानको धारा ७६को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहालले नै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer