२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको खोपबाडीमा बैशाख ३० देखि न्यु स्टार गोल्डकप हुने


बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोस्थित खोपबाडीमा यही बैशाख ३० गतेदेखि तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक न्यु स्टार क्लबले खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

बिर्तामोड-७ खोपबाडीस्थित खेलमैदानमा हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहने क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र आकर्षक ट्रफी पाउनेछ भने उपविजेताले नगद १ लाख १ र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही पाँचपाँच हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए ।

प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दि म्याचले नगद ५ हजार ट्रफी पाउने छ ।

गोल्डकपमा १३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने स्थानीय संघसंस्था र फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिरहेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा आयोजक न्यु स्टार क्लब झापाले ताप्लेजुङ जिल्ला फुटबल संघ, बराह ११ सुनसरीले डिएसए भुटान, रेड हर्ष एफसी इलामले युकेएफसी भारत र जनसहयोग युथ क्लब मोरङले सप्तरीको नवबुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

जेठ ६ गते फाइनल खेल हुने गोल्डकपको ८० प्रतिशत तयारी पूरा भएको बताइएको छ । पक्की मञ्च निर्माणको तयारी अन्तिम पारिएको छ भने दायाँ र बायाँपट्टि बाँसको प्यारापिट निर्माण गरिएको छ ।

व्यवस्थित खेलमैदान निर्माणका लागि स्थानीय ३५ देखि ४० जना खेलप्रेमीले दैनिक जनश्रमदान गरिरहेको अध्यक्ष लिम्बूले जानकारी दिए । करिब ५ लाख मूल्यबराबरको जनश्रमदान भएको बताइएको छ ।

कोभिडका कारण ठप्प रहेको खेलकुदको गतिविधिलाई चलायनमान बनाउन गोल्डकप आयोजना गरिएको आयोजकको भनाइ छ ।

राष्ट्रिय खेलाडी सञ्जोग राईदेखि एन्फा रेफ्रीसमेत उत्पादन गरेको यस क्लबले आगामी दिनमा एकाडेमीका रुपमा सञ्चालन गर्ने उद्देश्य लिएको क्लबका सहसचिव डिल्लीराम चम्लागाईंले बताए ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विशन लिम्बू र निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेललगायतले आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer