२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गाउँपालिकाद्वारा २३८ विपन्न परिवारलाई घर हस्तान्तरण


बिर्तामोड, बैशाख २५ । सुरक्षित आवास कार्यक्रमअन्तर्गत झापाको झापा गाउँपालिकामा घर हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले २३८ वटा घर हन्तान्तरण गरेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिए ।

ह्याबिटाट फर ह्युमानिटी नेपाल, सहारा नेपाल र गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा घर निर्माण गरी विपन्न समुदायलाई हस्तारन्तरण गरिएको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले बताए ।

ह्याबिटाटकी राष्ट्रिय निर्देशक एलिजा स्थापितको प्रमुख आतिथ्यतामा समुदायलाई घर हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा सहाराका सचिव गिरी, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेलगायतको उपस्थितिमा घर हस्तान्तरण गरिएको थियो ।

घर निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई एकमुष्ठ घरको नमुना चाबी दिइएको थियो । पालिकाले ७ वटै वडामा १२ वटा उपभोक्ता समितिमार्फत २३८ वटा घर निर्माण गरेको हो ।

यसअघि पनि ६०३ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । गाउँपालिकामा बस्ने अत्यन्त न्यून आय भएका तथा बस्नलायक घर नभएका परिवारको छनोट गरी घर हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।

गाउँपालिकाका अनुसार २३८ घरमध्ये आर्थिक वर्ष २०७७/०७८ मा निर्माण भएका ११३ घरको लागत मूल्य प्रतिघर दुई लाख २८ हजार ९९ रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा बनेका १२५ घरको लागत मूल्य प्रतिघर दुई लाख ४५ हजार २२८ रुपैयाँ रहेको छ ।

११३ वटा घरमा ह्याबिटाट र सहाराले प्रतिघर ५० हजार र बाँकी १२५ वटा घरमा प्रतिघर ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । दुई संस्थाले प्राविधिम तथा सामाजिक परिचालन सहयोग शीर्षकमा सहयोग गरेका हुन् ।

कार्यक्रममा सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष पाण्डे, सहारा नेपाल सकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरी, झापा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, वडा अध्यक्ष राजकुमार यादवलगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन पूर्णचन्द्र मैनालीले गरेका थिए भने स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलियाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer