२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी


बिर्तामोड, बैशाख २६ । पूर्वीनाका काँकरभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकरभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताए ।

तीमध्ये एक हजार सात सय १८ जना भूटानी नागरिक नै रहेका छन् । सोही अवधिमा काँकरभिट्टा नाकाबाट प्रवेशाज्ञासहित नेपाल प्रवेश गर्ने भूटानबाहेक तेस्रो मुलुकका पर्यटक एक सय ९६ जना मात्र रहेका छन् ।

त्यस्तै, सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा कूल २७ जना बंगलादेशका पर्यटकले काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाले अफगानिस्तान, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र सिरिया गरी १२ मुलुकबाहेक अरु मुलुकका पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउँदै आएको छ ।

बढी संख्यामा तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउन सहज होस् भनेर नेपालले १२ वटा अफ्रिकी र एसियाली मुलुकबाहेकका अरु विदेशी नागरिकलाई नाकामै अध्यागमन कार्यालयमार्फत प्रवेशाज्ञा प्रदान गर्ने खुकुलो नीति लिएको छ ।
विगतमा धेरै बंगलादेशी नागरिक काँकरभिट्टाबाट प्रवेशाज्ञा लिएर नेपाल प्रवेश गर्दथे । तर, केही वर्षदेखि बंगलादेशीहरूको आगमन घटेको छ । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer