२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

स्पष्टीकरण सोध्ने मन्त्रालयद्वारा नै पुरानो खामको प्रयोग


बिर्तामोड, बैशाख २६ । ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै प्रयोग गरेर कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने मन्त्रालयले नै पुरानो खाम प्रयोग गरेको पाइएको छ ।

कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवलाई बैशाख १७ गते पत्र पठाएर सातदिने स्पष्टीकरण सोधेको थियो ।

तर, सदस्य सचिव हंसराज वाग्लेलाई पठाइएको गोप्य परिपत्रको खाममा भने प्रदेश नम्बर १ नै उल्लेख छ ।

मन्त्रालयले वाग्लेलाई पुरानै लेटरप्याड प्रयोग गरेर परिपत्र र कार्यक्रम गरेकोमा स्पष्टीकरण सोधे पनि आफैँले गल्ती दोहोर्याएको पाइएको छ । मन्त्रालयले पनि पुरानै खाम प्रयोग गरेको हो ।

सदस्यसचिव वाग्लेले बैशाख २४ गते स्पष्टीकरण सोधिएको पत्रको जवाफ पठाइसकेका छन् । स्पष्टीकरण माग्ने मन्त्रालयले उल्टै जवाफ दिनुपर्ने उनले जिकिर गरेका छन् ।

वाग्लेले मन्त्रालयमा बुझाएको सबै डकुमेन्टमा कोसी प्रदेश उल्लेख भएको पाइएको छ ।

बैशाख १४ गते झापाको दमकमा भएको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा वाग्लेले प्रदेश नाम उल्लेख नगरी कार्यक्रम गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको आरोप छ ।

मन्त्रालयले यही कारण देखाउँदै बोर्डको बैंक खातासमेत रोक्का गरेको छ । बैंक खाता रोक्का हुँदै भलिबल लगायत आसन्न प्रतियोगिता गर्न असहजता उत्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer