२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पूरा


बिर्तामोड, बैशाख २८ । तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

यही बैशाख ३० गतेदेखि झापाको बिर्तामोस्थित सुन्दरडाँडा खेलमैदान खोपबाडीमा हुने तेस्रो संस्करणको न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको हो ।

आयोजक न्यु स्टार क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार बिर्तामोड–७ खोपबाडीमा हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि खेलमैदान सम्याउने तथा मर्मत गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट निर्माण लगायतका काम सकिएको अध्यक्ष लिम्बूले बतए । पक्की मञ्च निर्माण पनि पूरा भएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र आकर्षक ट्रफी पाउनेछ भने उपविजेताले नगद १ लाख १ र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही पाँचपाँच हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए ।

प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दि म्याचले नगद ५ हजार ट्रफी पाउनेछ ।

गोल्डकपमा १३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने स्थानीय संघसंस्था र फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिरहेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा आयोजक न्यु स्टार क्लब झापाले ताप्लेजुङ जिल्ला फुटबल संघ, बराह ११ सुनसरीले डिएसए भुटान, रेड हर्ष एफसी इलामले युकेएफसी भारत र जनसहयोग युथ क्लब मोरङले सप्तरीको नवबुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

व्यवस्थित खेलमैदान निर्माणका लागि स्थानीय ३५ देखि ४० जना खेलप्रेमीले दैनिक जनश्रमदान गरेका थिए । करिब ५ लाख मूल्यबराबरको जनश्रमदान भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer