२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

इलामको दानाबारीमा राष्ट्रिय रग्बी प्रतियोगिता हुने


बिर्तामोड, बैशाख ३१ । जेठको अन्तिम साता इलाममा राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ ।

इलामको माई नगरपालिकामा जेठ २६ गतेदेखि यु–२० महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता माई नगरपालिका-४ दानाबारीस्थित शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने आयोजक नेपाल रग्बी संघले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितमा सातवटा प्रदेश र चारवटा क्लवका महिला तथा पुरुष खेलाडी सहभागी हुने छन् ।

नेपाल रग्बी संघको आयोजना रहने प्रतियोगिताको संयोजन प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघले गर्ने छन् ।

प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियागिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनोट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिए ।

केन्द्रीय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता भएको माई नगर रग्बी संघका अध्यक्ष रञ्जीत काफ्लेले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिए ।

प्रतियोगिता सेभेन ए साइड संरचनाअनुसार सञ्चालन हुनेछ । नेपाल रग्बी संघले हालै विश्व रग्बी संघको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्वपूर्ण साबित हुने आयोजकले अपेक्षा लिएको छ ।

नेपालले यसअघि २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको थियो । त्यसपछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो ।

नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालनका साथै घरेलु प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेको छ । गत भदौमा एसिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारिसपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer