२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित


बिर्तामोड, जेठ ९ । नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनयन गरेको छ ।

झापा धुलाबारीका व्यवसायी खड्का यसअघि अघिल्लो कार्यकालमा मेला उपसमितिका सभापति थिए ।

महासंघको यही बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी बैठकले खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित गरेको हो ।

बैठकले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८ ९ग० बमोजिम केन्द्रीय सदस्य खड्कालाई सो समितिको सभापतिमा मनोनित गरेको छ ।

सभापति खड्काले समितिको सदस्यमा विज्ञ र अनुभवी मित्रहरुलाई मनोनित गरी समिति विस्तार गरिने बताएका छन् ।

खड्का महासंघको दुईपटक केन्द्रीय सदस्य र मेची उद्योग वणिज्य संघ धुलाबारीका पूर्वअध्यक्ष समेत हुन् । उनी अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer