२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

आज पनि कोशी प्रदेशमा पानी पर्ने, मेघगर्जनको सम्भावना


बिर्तामोड, जेठ १२ । लगातार मौसममा फेरबदल भइरहेको कोशी प्रदेशमा आज शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आउनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले दिउँसो कोशीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

बिहानको मौसम हिजोको तुलनामा सफा नै छ । तर, दिउँसोसम्म बादल लागेर पानी पर्ने सम्भावना देखिएको छ,’ उनले भनिन् ।

पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतिर सर्दै गरेकाले कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना देखिएको उनको भनाइ छ ।

त्यस्तै, कोशी प्रदेशका तराईका भूभागहरूमा हावाहुरीको पनि सम्भावना छ । राती पनि कोशी प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer