२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सञ्चारिका समूह झापा अध्यक्षमा लीला अनमोल


बिर्तामोड, जेठ १४ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् ।

आज झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो ।

झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् ।

नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा अनुषा चुडाल, सहसचिवमा मनिषा गौतम, कोषाध्यक्षमा सविना सुब्बा रहेका छन् । त्यस्तै, समूहको सदस्यहरुमा सुशीला संग्रौला, रेवतादेवी भट्टराई (आर्जु), अर्चना रिजाल, सेवन्ता घिमिरे रहेका छन् ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यमा झापा समिति बनाइएको हो ।

झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सञ्चारिका समूह नेपाल झापा शाखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष अनमोलले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer