२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खानेपानीः मेघराजको प्यानलकै अग्रता कायमै


बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ कार्यकालका निम्ति भएको नयाँ समिति चयनको मतगणना जारी छ ।

आज बिहान ६ बजेसम्मको १३६३ मतगणना अनुसार मेघराज बास्तोलाले नेतृत्व गरेको लोकतान्त्रिक राष्ट्रवादी समूहका सबैजनाको अग्रता कामयै छ ।

सो समूहका अध्यक्ष पदका मेघराज बास्तोलाले ८८९, उपाध्यक्ष पदका शैलेन्द्र सिटौलाले ७०७, सचिव पदका पारस मैनालीले ८२७ र कोषाध्यक्ष पदका शारदा रिजालले ५२९ मत ल्याएका छन् ।

त्यस्तै, खुला सदस्य आनन्द गुरुङले ६३९, खगेन्द्रकुमार थापाले ५७६, महिला सदस्य बालादेवी खरेलले ६५२, मायादेवी प्रधान श्रेष्ठले ६८३ र कमला अग्रवालले ६५९ मत ल्याएका छन् ।

लोकतान्त्रिक राष्ट्रवादीलाई पछ्याइरहेको स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्ष पदका देवेन्द्र सिटौलाले ३२७, उपाध्यक्ष पदका प्रदिप खरेलले ४४८, सचिव पदका विष्णुप्रसाद चुडालले ३०६, कोषाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार केशव श्रेष्ठले ३३८ मत ल्याएका छन् ।

खुला सदस्य छत्रबहादुर श्रेष्ठले ३३२ र सुनिल शिवाकोटीले २८१, महिला सदस्यमा तारादेवी राईले ३७९, पुनम अधिकारी लिम्बूले ३७१ र खगमाया सिलवाल सीमाले ३५१ मत ल्याएका छन् ।

त्यस्तै, कोषाध्यक्ष पदकी स्वतन्त्र प्रगतिशील समूहकी विनिताकुमारी राजवंशीले २३६ र खुला सदस्य पदमा बलराम सिटौला (राम) ले २०८ मत ल्याएका छन् ।

संस्थाका आठ हजार ७५६ जना मतदाता रहेकोमा तीन हजार ७६४ अर्थात ४२ दशमलव ९८ प्रतिशत मत मात्र खसेको थियो ।

चार बर्से कार्यकालका लागि हुने चुनावमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँचजना सदस्य निर्वाचित हुने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer