२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खानेपानी अध्यक्षमा मेघराज भारी मतान्तरले विजयी


बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मेघराज बास्तोला भारी मतान्तरले विजयी भएका छन् ।

आज बिहान ०९ः५५ बजेसम्मको मतगणना अनुसार बास्तोलाले १९०३ मत प्राप्त गरेका छन् । हालसम्म ३१२४ मतको गणना सकिएको छ ।

निर्वाचनमा ३७६४ मत खसेको थियो । बास्तोलाका प्रतिस्पर्धी देवेन्द्र सिटौलाले हालसम्म ६८७ मत मात्र प्राप्त गरेका छन् । गणना हुन बाँकी सबै मत सिटौलालाई आए पनि जित पर्याप्त हुने छैन ।

त्यस्तै, बास्तोला प्यानलका सबै उम्मेदवारको जित निश्चित देखिएको छ । अब ६१० मत गन्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer