२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

व्यापार मेला समितिको सभापतिमा बिर्तामोडका डालमिया मनोनित


बिर्तामोड, जेठ १६ । नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य उमेश डालमियालाई व्यापार मेला समितिको सभापतिमा मनोनयन गरेको छ ।

झापा बिर्तामोडका व्यवसायी डालमिया यसअघि महासंघको तीनपटक केन्द्रीय सदस्य भइसकेका छन् ।

महासंघको बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी बैठकले खड्कालाई व्यापार मेला समितिको सभापतिमा मनोनित गरेको हो ।

बैठकले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अख्तियारी प्रदान गरेअनुसार विधानको दफा ३८ ९ग० बमोजिम कार्यकारिणी समिति सदस्य डालमियालाई सो समितिको सभापतिमा मनोनित गरेको छ ।

सभापति डालमियाले समितिको सदस्यमा विज्ञ र अनुभवी मित्रहरुलाई मनोनित गरी समिति विस्तार गरिने बताएका छन् ।

खड्का झापा उद्योग वणिज्य संघ र बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् । उनको झापाका सिमेन्टलगायत उद्योगमा लगानी छ भने उनी थोक बिक्रेता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer