२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

यस वर्षको मनसुन असार ५ गते भित्रने अनुमान


बिर्तामोड, जेठ २६ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी वायु डेढ सातापछि नेपाल प्रवेश गर्ने जनाएको छ ।

महाशाखाका अनुसार यस वर्षको पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र मनसुनी वर्षा सुरु हुन्छ ।

केरला आइपुगेको मनसुन नेपाल आइपुग्न सामान्यतयाः १२ दिन लाग्छ । मौसमविद्हरुका अनुसार कहिलेकाहिँ एक वा दुई दिन तलमाथि पनि हुन्छ ।

केरला आइपुगेको मनसुनी वायु बंगालको खाडीबाट उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा भित्रन्छ ।

गत वर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसके पनि यस वर्ष करिब जुन २० तिर मात्र मनसुनी वायु नेपाल पस्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer