२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

डोमालाल रंगशालालाई संघीय सरकारको ५० लाख बजेट


बिर्तामोड, जेठ २६ । सर्वाधिक दर्शक उपस्थित हुने झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालालाई सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपालकै प्रतिष्ठित झापा गोल्डकप सञ्चालन हुँदै आएको सो रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारले आगामी आर्थिक वर्षका सो रकम विनियोजन भएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

संघीय सरकारबाट विनियोजन गरिएको सो बजेटबाट रंगशालाको स्तरोन्नति गरिने बस्नेतले बताए । सरकारले हालसम्म बजेट उपलब्ध नगराउँदा निजी स्रोतबाट मैदानको स्तरोन्नति हुँदै आएको छ ।

सरकारले रंगशाला विकासका लागि बजेट विनियोजन गरेकोप्रति बस्नेतले धन्यवाद व्यक्त गरे । ५० लाख रुपैयाँले मैदान मर्मत, घेराबारा वा अन्य काम गर्ने भन्ने पछि टुंगो लाग्ने उनले बताए ।

सो रंगशालामा झापा गोल्डकप लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका प्रतियोगिता हुँदै आएका छन् । झापा गोल्डकपको छैटौँ संस्करण यही फागुनमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer