२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सहाराको संरक्षणमा विद्यालय जान थाले निर्दिका, निर्बिका र दुर्गेश


बिर्तामोड, जेठ ३१ । अभिभावक गुमाएर सहाराविहीन बनेपछि अग्रणी सहकारी संस्था सहारा नेपालको संरक्षणमा रहेका बालबालिकाहरु विद्यालय जान थालेका छन् ।

सहारा नेपालले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता बमोजिम उनीहरु आजबाट विद्यालय जान थालेका हुन् ।

सहारा नेपालले ‘संरक्षण कार्यक्रम’ अन्तर्गत बिर्तामोड–४ सूर्योदय टोलका निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेश दाहालको अभिभावकत्व प्रदान गर्ने जनाएको थियो ।

संस्थाका अनुसार उनहरुलाई बिर्तामोड-२ मा रहेको सहारा साकोस शिक्षा सदनमा भर्ना गरिएको छ । उनीहरुले आजैबाट पढाइ सुरु गरेका छन् ।

संरक्षण कार्यक्रममा संस्थाले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने, उनीहरु बसिरहेको घरको पुनर्निर्माण गर्ने र घरभित्र चाहिने आधारभूत आवश्यकताका सामग्रीहरुको व्यवस्थापन मिलाउने जनाएको थियो ।

त्यस्तै, बालक दुर्गेश र उनीहरुका बुवाको उपचारमा सहयोग पुर्याउने संस्थाले जनाएको छ । बालबालिकाको संरक्षणका लागि हेरचाह गर्ने व्यक्तिको व्यवस्था गर्ने, अध्ययनपछि इच्छुक भएमा एकजनालाई योग्यताअनुसारको रोजगारको व्यवस्था गर्ने सहारा नेपाल साकोसले जनाएको छ ।

भाग्य न्यौपानेले आफ्नो फेसबुक अकाउन्टमार्फत ती बालबालिकाको अवस्थाबारे भिडियो रिपोर्ट प्रशारण गरेपछि सहाराले उनीहरुलाई संरक्षण गर्न चासो देखाएर काम अघि बढाएको थियो ।

बालबालिकाका आमाको झन्डै चार महिनाअघि ३७ वर्षको उमेरमा दमका कारण निधन भएपछि उनीहरु बिचल्लीमा पर्दै आएका थिए । उनीहरुका बुवा डिप्रेसनले थलिएकाले उनीहरुको साथमा छैनन् ।

आमासँग रहँदै आएका उनीहरु आमाको निधनपछि जेठी छोरीले भारतको पानीट्यांकीबाट नेपालका पसलेका लागि सामान ओसारेर जीविको टार्दै आएकी थिइन् । निर्दिका ११, निर्बिका ९ र दुर्गेश ६ वर्ष पुगेका छन् । दुर्गेश बोल्न सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer