२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दुध पिउने सही समय कुन हो ?


बिर्तामोड, जेठ ८ । दुधमा क्याल्सियम, भिटामिन बि १२, के, ए, पोटासियम र सोडियम जस्ता पोषक तत्व पाइन्छन् ।

केही रोग तथा एलर्जीको समस्यामा बाहेक बच्चादेखि बुढासम्मलाई दुधले फाइदा गर्दछ । यसलाई सही समयमा पिउँदा फाइदा दुईगुणा बढेर जान्छ ।

विशेषज्ञअनुसार यसलाई पिउने सही समयका बारेमा जानौँ ।

दुध कुन समयमा पिउने भन्ने तपाईंको शरीरको प्रकृतिमा पनि निर्भर हुन्छ । आयुर्वेद अनुसार पढ्ने बच्चाले गाईको दुध पिउनुपर्दछ भने निद्राको कमि र कब्जियतको समस्याले ग्रस्त व्यक्तिले भैंसीको दुध पिउनु फाइदाजनक हुन्छ ।

रातको समयमा दुध पिउँदा यसले एउटा आहारको रुपमा काम गर्दछ । त्यस्तै, रातको समयमा दुध पिउनु आँखाका लागि पनि फाइदाजनक हुन्छ । यसले आँखाको स्वास्थ्य राम्रो बनाउँछ ।

दुध पिउँदा हड्डी र मांसपेशी बलियो हुन्छन् । यस्तोमा नियमित रुपमा दुध पिउनु स्वास्थ्यका लागि एकदमै धेरै फाइदाजनक हुन्छ ।

कतिपय मानिस एकदमै धेरै मसालेदार खाना मन पराउँछन् । जसले गर्दा कब्जियतको समस्या हुन थाल्छ । त्यस्ता व्यक्तिले रातको समयमा दुध पिउनु पर्दछ ।

धेरैलाई अहिले अनिद्राको समस्या पनि हुन्छ । यस्ता व्यक्तिले पनि रातमा सुत्नुअघि भैँसीको दुध पिउन सकिन्छ । यसले अनिद्राको समस्यामा सुधार ल्याउँछ ।

यदि तपाईंलाई कफ तथा पित्त दोषको समस्या छ भने दिउँसोको समयमा दुध पिउनु फाइदाजनक हुन्छ । यसले यी समस्याबाट राहत दिलाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer